५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स सूचक मात्रै बढेको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका...