इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने, दोषीलाई ३ वर्षसम्मको जेल सजाय
काठमाण्डौ । नेपाल सरकारले हालै प्रतिनिधिसभाबाट पारित गरेको धितोपत्र सम्बन्धी ऐन अब सरकारबादी मुद्दा हुने भएको छ । मंगलबार मात्रै सरकारले प्रतिनिधिसभाबाट यस्तो प्रस्ताव पास गरेको हो । योसँगै सरकारले सेयर बजारमा विभिन्न युट्युबर तथा प्राविधिक विश्लेषक भनेर चिनिएका व्यक्तिहरुलाई लक्षित गरेर कानून ल्याउन थालेको कानूनका जानकारहरु बताउँछन् ।