७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह ०.१८...