म्यानमारमा शक्तिशाली भूकम्प: भवनहरू ध्वस्त, कैयौं घाइते
काठमाण्डौ । म्यानमारको केन्द्रमा शुक्रबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु म्यानमारको दोस्रो ठूलो सहर माण्डले नजिकै, सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पपछि एक शक्तिशाली परकम्प पनि महसुस गरिएको छ।