एयर इन्डियाको यात्रुवाहक विमान अहमदाबादमा दुर्घटना
काठमाण्डौ । भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना भएको छ ।दुर्घटनास्थलमा दमकलको गाडी पुगेको छ । अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ। अहमदाबाद एयरपोर्टको टर्मिनल–१ प्रबन्धकले एयरपोर्ट क्षेत्र बाहिर धुवाँ देखिएको बताए । अहिले सम्पूर्ण टोली घटनास्थलमा अनुसन्धानका लागि गएको जनाइएको छ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        