भारत–पाकिस्तानलाई संयमता अपनाउन युक्रेनको आग्रह
काठमाण्डौ । युक्रेनको विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन आग्रह गरेको छ ।युक्रेनले दक्षिण एसियाको सुरक्षा अवस्थालाई थप बिगार्ने खालका कदमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र यस क्षेत्रमा शान्ति र स्थायित्व सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पहल र प्रयासहरूलाई समर्थन गरिरहने पनि बताएको छ।

