प्रिभिलेज बैंकिङमार्फत ब्राण्ड भ्यालु बढाउँदै सिटिजन्स बैंक, एकै स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा
काठमाण्डौ । सन् २०१९ देखि आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि प्रिभिलेज बैंकिङको सुविधा दिदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ब्राण्ड इमेज बलियो बनाउँदै गएको छ । प्रिभिलेज बैंकिङ सेवा ग्राहक सन्तुष्टि मात्र होइन, बैंकको व्यापारिक रणनीतिको पनि एउटा महत्वपूर्ण हिस्सा हो । यो रणनीतिले बैंकको निक्षेप, क्रस सेलिङ, ग्राहकको इमानदारिता, बैंकको ब्राण्ड इमेज...