दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक
काठमाण्डौ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ सेवासुविधा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) लाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो विकास, समावेशी वृद्धि तथा समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै...

