साहस उर्जाको खुद नाफा १.३५ अर्ब पुग्यो, अन्य सूचकमा पनि अब्बल प्रदर्शन
काठमाण्डौ । साहस उर्जा लिमिटेडको समग्र वित्तीय अवस्था बलियो बनेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म विद्युत बिक्री आम्दानी र खुद नाफा बढ्नुका साथै खर्च घटेको छ । यस्तै कम्पनीले बीमा आम्दानी समेत गरेका कारण नाफा वृद्धिमा सहयोग पुगेको छ ।कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्ज गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.८४...

