• सोमबार, भाद्र ३०,२०८२ 09:37:26
Global IME Bank Limited

आधारभूत रुपमा मजबुत रहेको साहस उर्जाको आगामी यात्रा कस्तो ?

Hyundai Nepal
आधारभूत रुपमा मजबुत रहेको साहस उर्जाको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । साहस उर्जा जलविद्युत कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ९२ वटा जलविद्युत कम्पनी मध्ये एक हो । यो कम्पनीको स्थापना जलविद्युत क्षेत्रका उद्यमशिल व्यक्तिहरुद्वारा विसं २०७१ मा स्थापना भएको हो ।  

कम्पनीले नेपालको उच्च स्थानमा रन अफ् द रिभर प्रोजेक्टमा आधारित रहेको छ । कम्पनीले सोलुखोलामा ८६ मेगावटको जलविद्युत उत्पादन गरिरहेको छ ।  

आधारभूत पक्षः  

गत आथिैक बर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी ३ अर्ब ७८ करोड रुपैंया रहेको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब १७ करोड सञ्चित छ ।  

यस्तै कम्पनीको कूल पूँजी ६ अर्ब ९५ करोड रुपैंया रहेको छ । कम्पनीको खूद मूनाफा ९० करोड २७ लाख , प्रतिसेयर आम्दानी २३.८८ रुपैंयाँ रहेको छ भने बुक भ्यालु १८३.८५ रुपैंयाँ र रिर्टन अन इक्विटी १२.९९ रुपैंया रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक÷फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस हिसाबले यो कम्पनीको सेयर भ्यालु हाल चौंथो वेभमा करेक्सन चल्दै गरेको देखिन्छ । अब पाँचो वेभमा कम्पनीको सेयर भ्यालुमा बढोत्तरीका साथ ७६० रुपैंयाँसम्म पुग्न पनि सक्छ ।  

मूभिङ एभरेजको आधारमा  

मूभिङ एभरेज भनेको मूभ अंकहरुलाई मूभ गर्दै निकालिने एक औषत रेखा हो । यसमा बजारको उतारचढाव हेर्न यस्ता रेखाहरुको प्रयोग गरिन्छ । यस्ता रेखाहरु ५, २०, ५० र २०० दिने रेखाहरु हुने गर्छन । छोटो समयको उतारचढाव हेर्न छोटो समयमको रेखा हेर्ने गरिन्छ भने लामो समयको उतारचढाव हेर्न समयकै रेखाहरु हर्ने गरिन्छ ।  

यस आधारमा यो कम्पनीको सेयर भ्यालु हाल ५० दिने मूभिङ एभरेजको रेखाबाट तल खसेको छ । अर्थात विक्री दबाबमा देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल तल्लो ब्याण्डमा चलेको देखिन्छ । त्यसै गरि म्याक्डीमा केही समय पहिले वियरिस क्रसओभरमा चलेको यो छ र हिस्टोग्राम भने छोटा छोटा र फिक्का हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोन ३६ को तहमा चलेको छ । यसले कम्पनीको सेयर भ्यालु करिब बटम लाग्दै गरेको मान्न सकिन्छ । यस आधारमा यो कम्पनीको सेयर मूल्यले ६ सय आसपासमा बलियो सपोर्ट लिन सक्ने देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –६७८

प्रतिरोध २ – ६६८

प्रतिरोध १–  ६५३

पिभट् प्वइन्टः ६४१

घटेमा सपोर्ट

सपोर्ट १– ६२६

सपोर्ट २– ६१५

सपोर्ट  ३ –६००

निष्कर्षःजलविद्युत कम्पनीहरु मध्ये यो कम्पनी आधारभूत रुपमा निकै मजबुत रहेको देखिन्छ । कम्पनीको चूक्तापूँजी बराबर नै जगेडा कोष रहेको छ । त्यसैगरि बुक भ्यालु पनि मजबुत नै रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी करिब १३ प्रतिशत रहेको छ । यस हिसाबले यो कम्पनी आधारभूत रुपमा निकै मजबुत रहेको देखिन्छ ।  

प्राविधिक रुपमा यो कम्पनीको सेयर भाउलाई इलिअट वेभ मार्फत नियाल्दा हाल चौंथो वेभको करेक्नस पूरा गर्दै गरेको र पाँचौ वेभको बढोत्तरी बाँकी नै रहेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.