बुधबार, श्रावण १४,२०८२ 07:25:43
  • बुधबार, श्रावण १४,२०८२ 07:25:43
Global IME Bank Limited

बीमा प्राधिकरणको अध्यक्ष पदपूर्तिका लागि दरखास्त आह्वान

Hyundai Nepal
बीमा प्राधिकरणको अध्यक्ष पदपूर्तिका लागि दरखास्त आह्वान
Shivam Cement

काठमाण्डौ । सरकारले बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । अर्थ मनत्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  

प्राधिकरणको रक्त सञ्चालक समितिको अध्यक्ष पद खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिन लागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाण्डौमामा गोप्य खामवन्दी आवेदन दिनु पर्नेछ ।  

Muktinath Bikas Bank Limited

अध्यक्ष पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ । यस्तै उच्च नैतिक चरित्र भएको,बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (३) बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको र प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि ३ वर्ष पूरा नभएको हुनुपर्नेछ ।  

आवेदन पेश गर्दा नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिमको कागजात तथा विवरणहरू आवेदक स्वयम्ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नु पर्नेछ ।

यस्तै, आवेदनसाथ उपर्युक्त कार्यविधिको दफा ५ बमोजिमको व्यावसायिक कार्ययोजना चार प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ। खामबन्दी प्रस्तावको खामबाहिर आवेदकको नाम र नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।

गत मंसिर २४ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि प्राधिकरण अध्यक्षविहिन छ । प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवाललाई उमेर हदसम्बन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि सिलवालको पद स्वतः पदमुक्त भएको थियो ।  

प्राधिकरणमा अध्यक्ष नभएपछि अर्को व्यवस्था नभएसम्मका लागि अर्थका सहसचिव मदन दाहालले अध्यक्षको रुपमा काम गरिरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.