बीमा प्राधिकरणद्वारा जेनजी आन्दोलनको क्षतिको दाबी भुक्तानीलाई छिटो र सहज बनाउन निर्देशन
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानीलाई जतिसक्दो छिटो र सहज बनाउन बीमक कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण निर्जीवन तथा लघु बीमकहरुलाई यस्तो निर्देशन दिएको हो ।