सोमबार, श्रावण १८,२०८३ 12:53:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:53:50
Bizshala
Global IME Bank Limited

प्राधिकरणद्वारा कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन

प्राधिकरणद्वारा कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरूले कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमालेख बिक्री नगर्ने जनाएपछि प्राधिकरणले यस्दो निर्देशन दिएको हो ।  

प्राधिकरणले नेपाल बिमक संघबाट ०८१ बैशाख १२ गते जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार आग्रह गरिएको छ ।’ प्राधिकरणद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनीयतामा नै असर पर्ने खालका विज्ञप्ति एंव सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले निर्देशन दिएको छ । 

बीमक संघले बुधबार कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमालेख बिक्री नगर्ने पुनः विज्ञप्ति जारी गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.