काठमाण्डौ । बीमा प्राधिकरणको अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको बाटो पुनः खोलिएको छ ।
तत्कालीन प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि रिक्त रहेको पदका लागि सिफारिस समितिले ७ दिनको समयसीमा दिएर इच्छुक र योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो ।
सिफारिस समितिले अध्यक्ष पदका लागि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार काठमाण्डौमा गोप्य खामबन्दी आवेदन दिन सूचित गरेको हो ।
समितिले सूचनामा आवेदकको योग्यता समेत तोकेको छ । जसअनुसार बीमा, मौद्रिक, बैंकिंग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यअनुभव हासिल गरेको हुनुपर्नेछ ।
उमेरको हकमा ३० वर्ष उमेर पूरा गरी ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने भनिएको छ । अध्यक्ष पदका लागि तोकिएको योग्यता यस्ता छन् :

आवेदनका साथमा आवेदकले कार्ययोजना समेत पेश गर्नुपर्नेछ । आवेदन दस्तुर रु ७५०० तोकिएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (49).jpg) 
                                         
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                