आईतवार, असार १,२०८२ 10:21:08
  • आईतवार, असार १,२०८२ 10:21:08
Global IME Bank Limited

वायु प्रदुषण बढेसँगै भारतीय बीमकहरु स्वास्थ्य बीमा प्रिमियम बढाउने योजनामा

Hyundai Nepal
वायु प्रदुषण बढेसँगै भारतीय बीमकहरु स्वास्थ्य बीमा प्रिमियम बढाउने योजनामा
Nabil Bank Limited

काठमाण्डौ । वायु प्रदुषणसम्बन्धी दाबीमा उछाल आएसँगै भारतीय बीमकहरुले नयाँ दिल्लीका बासिन्दाहरुका लागि स्वास्थ्य बीमा योजनाको प्रिमियम १० देखि १५ प्रतिशत बढाउने भएका छन् ।  

सन् २०२४ मा भारतीय राजधानीमा वायु प्रदुषणसँग सम्बन्धित दाबी ह्वात्तै बढेकाले बीमा कम्पनीहरु स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा छलफल बढाएका छन् । बीमा कम्पनीहरुको यो निर्णयलाई बीमा नियामकले स्वीकृती दिएपछि मात्रै कार्यान्वयनमा आउनेछ । गत वर्ष नयाँ दिल्लीमा वायु प्रदुषण रेकर्डतोड स्तरमा पुगेको थियो । यदि नियामकले स्वीकृती दिए, भारतमा पहिलोपटक वायु प्रदुषण स्वास्थ्य बीमाको प्रिमियम बढ्ने प्रत्यक्ष कारक बन्नेछ । यसले गर्दा भारतका अन्य शहरहरुमा समेत प्रिमियम बढ्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वायु प्रदुषण बढेसँगै दिल्लीका वासिन्दामा गत वर्ष दम, स्वासप्रस्वास सम्बन्धी रोगहरु वृद्धि भएको छ । यो संख्या विगत ५ वर्षकै उच्च पुगेको छ ।  

सन् २०२४ को अन्तिम ६ महिनामा अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्या १७–१८ प्रतिशतले बढेको थियो । जबकी पहिलो ६ महिनामा यो ५–६ प्रतिशत थियो ।  

दिल्लीमा निर्माणजन्य क्रियाकलापको धुवाँधुलो,ढडेलोको धुवाँ र सवारी साधनको धुवाँका कारण वायु प्रदुषणको मात्रा बढेको छ । गत नोभेम्बरमा पाकिस्तानको लाहोरलाई उछिन्दै दिल्ली विश्वकै प्रदुषित शहर बनेको थियो । यस्तै भारतका मुम्बई र कलकत्ता पनि सूचीको शीर्ष १० भित्र परेका थिए ।  

भारतको प्रदुषण नियन्त्रण प्राधिकरणले नोभेम्बरमा १८ मा भारतको राष्ट्रिय सिमाको २४ घण्टाको वायुको गुणस्तर सूचक(एक्यूआई) कुल ५०० मा ४९१ स्कोर पुगेको जनाएको थियो । यस्तो स्कोर ४०० भन्दा माथि पुग्यो भने त्यसले गम्भिर स्वास्थ्य समस्या निम्त्याउछ ।  

भारतमा बीमकहरुले शहरपिच्छे फरक–फरक स्वास्थ्य बीमा प्रिमियम लिने गर्छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.