शनिबार, बैशाख १३,२०८२ 11:22:42
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 11:22:42
IME remit
Global IME Bank Limited

जनउत्थान सामुदायिक लघुवित्तको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच सम्पन्न

Hyundai Nepal
जनउत्थान सामुदायिक लघुवित्तको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीयले  चैत्र २७ गते आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । संस्थाको शाखा कार्यालय बुटवलको आयोजनामा १५ औं वार्षिकोत्सव समारोह तथा बैंकिङ समुदाय सदस्यहरुको लागि प्रशिक्षण कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा.मानबहादुर वीकेको अध्यक्षतामा एशियन पार्टी प्यालेस, बुटवल, रुपन्देहीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै वित्तीय संस्थाका अध्यक्ष डा. मानबहादुर विश्वकर्माले १५औं वर्षसम्मको निरन्तर यात्रामा सहयोग गर्ने नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक, सर्वसाधारण सेयरधनी,शुभेच्छुक, कर्मचारी, व्यवसायिक साझेदार संस्थाहरु, संस्थामा आवद्ध सम्पूर्ण बैंकिङ समुदाय सदस्यहरुले संस्थाप्रति दर्शाएको अटुट विश्वास तथा सद्भावप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत लक्षित उद्देश्यप्रति दृढ रही अझ सुदृढ, सरल र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र लुम्बिनी वाणिज्य क्याम्पस बुटवलबीच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लघुवित्त, सामुदायिक वित्त, उद्यमशीलता, हरित विकासको क्षेत्रमा करियर निर्माण गर्ने तथाती क्षेत्रहरूको प्रवद्र्धनका लागि प्लेटफर्म सिर्जना गर्र्ने गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययन गरेकालाइ  रोजगारको अवसर , क्याम्पसका विद्यार्थीलाई लघुबित्त मार्फत उद्यमशिलता, बित्तिय शाक्षरता सहकार्य गर्ने गरि सम्झौता समेत भएको छ। लुम्बिनी बाणिज्य क्याम्पस बुटवल प्रमुख डा तारा प्रसाद उपाध्यायले लघुबित्तले एकदमै महत्वपूर्ण कार्य गरेको जानकारी प्राप्त भएको बताउदै सहकार्य सम्झौता भएकोले उद्देश्य पूरा हुने बताए। उनले सीप र प्रविधि बिनाको ज्ञानको उपलब्धी नहुने बताउदै यसतर्फ ध्यान दिन आग्रह गरे। सयुक्त बचत केन्द्र बुटवल ११ समुह  उपप्रमुख अनिता विश्वकर्माले लघुवित्तले बिनाधितो र सामान्य ब्याजमा ऋण पाएकोमा खुसी लागेको बताईन। उनले यताबाट लगेको रकमले उद्यमी बन्नको लागि काम भईरहेको बताईन। कार्यक्रममा अध्यक्ष बिक र प्रशिक्षक यज्ञ बिक्रम शाहीले प्रशिक्षण समेत प्रदान गरेका छन।  

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार रायले संस्थाले सेवाग्राही सदस्यहरुको लागिप्रदानगर्ने सेवा सुविधाका बारेमा प्रकाश पारेका थिए ।  

पूर्व अध्यक्ष बाबुराम विश्वकर्माले लघुबित्तबाट ऋण लिएको रकम उत्पादनमूलक क्षेत्रमा मात्रै लगाउन सुझाए। उनले ऋण तिर्नु पर्दैन भन्ने हल्लाको भरमा नलागी स्वावलम्बी बन्न आग्रह गरे।  

Muktinath Bikas Bank Limited

१५ औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरु संस्थामा आवद्ध सदस्यहरुका लागि बिउ विजन वितरण गर्ने,रक्तदान कार्र्यक्रम,सरसफाइ तथा डस्टविन वितरण कार्यक्रम, खाद्यन्न वितरण, मन्दिरमा डष्टविन वितरण, फोहर व्यवस्थापनका लागी डस्बिन वितरण, खेलकुद सामग्रीवितरण, मन्दिर परिसर सरसफाई तथा गोडमेल कार्यक्रम, ग्राहकहरु संग अन्तरक्रिया कार्यक्रम, सुस्त मनस्थितीहरुको लागि राहत सामाग्री वितरण, गरिव तथा जेहन्दार विद्यार्थीहरुको लागि झोला तथा स्टेशनरी सामग्री वितरण, चटाइ तथा शैक्षिक सामाग्री वितरण, मानव सेवा आश्रममा पंखा तथा झुल बितरण, मन्दिरलाई कुर्सी वितरण, ठोरी बजार व्यवस्थापनका लागि डस्टविन वितरण, चेपाङ्ग समुदायका बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रमलगायतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट सृर्जनात्मककार्यहरु गरी मनाएको जानकारी संस्थाका प्रमुखकार्यकारी अधिकृत सुनिलकुमार रायले गराए । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.