काठमाण्डौ । आइपीओ निष्कासनको अनुमति माग्दै थप दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
हाइड्रो समूहको म्याग्दी हाइड्रोपावर लिमिटेड र होटल तथा पर्यटन समूहको माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
म्यादी हाइड्रोले १०० रुपैयाँ अंकित मूल्य दरको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले गत चैत २७ गते बोर्डमा निवेदन पेश गरेको हो । बोर्डबाट स्वीकृति पाएमा कम्पनीले ४७ लाख ४५ हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, माउन्टेन ग्लोरीले पनि १०० रुपैयाँ अंकित दरकै ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले चैत २६ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।