काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीद्वारा निष्कासन गरिएको २७ प्रतिशत हकप्रद सेयर असार १२ गते बाँडफाँड भएको हो ।
कम्पनीले गत वैशाख ४ गतेसम्म कायम सयेरधनीका लागि गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ३५० जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये २ लाख २४ हजार ७२८ कित्ता सेयर भने अवितरित रहेको छ ।
आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी चैत ३० गतेदेखि आईपीएसमार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।