सोमबार, श्रावण १८,२०८३ 12:55:01
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:55:01
Bizshala
Global IME Bank Limited

रुसबाट सस्तो तेल खरिद गर्ने देशमाथि ५००% ट्यारिफ लगाउने योजनामा ट्रम्प

रुसबाट सस्तो तेल खरिद गर्ने देशमाथि ५००% ट्यारिफ लगाउने योजनामा ट्रम्प
New Office

काठमाण्डौ । अमेरिकाले रुसबाट तेल खरिद गर्ने देशहरुलाई ५०० प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ । यसबारे सिनेटमा नयाँ विधेयक आउन लागेको हो ।

यो विधेयक अनुसार रुसबाट तेल र ग्यास खरिद गर्ने र युक्रेनलाई सहयोग नगर्ने कुनै पनि देशलाई ५०० प्रतिशतसम्म कर लगाउन सकिनेछ । यो विधेयक सिनेटर ग्राहम लिन्डसेले पेश गरेका हुन् ।

एक रिपोर्टका अनुसार ट्रम्पको टोलीले ग्राहममार्फत बिल कमजोर बनाउन आग्रह गरेको थियो । ट्रम्प कजबििु शब्दलाई मेु मा परिवर्तन गर्न चाहन्थे। यसबाट कर लगाउनु अनिवार्य होइन, विकल्प बन्नेछ । ग्राहमको बिललाई ८४ जनाले समर्थन गरेका छन् । यो विधेयक ‘जुलाई ब्रेक’ पछि सिनेटमा आउन सक्छ।  

यो योजनाबाट रुसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको भारत र चीन लगायतका देशहरु समस्यामा पर्न सक्ने देखिएको छ । जब रूसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्यो, तेलको व्यापार संसारभर परिवर्तन भयो। रुसी कच्चा तेल सस्तो भएका कारण चीन र भारत लगायतका देशहले रुसबाट तेल खरिद गर्न सुरु गरे ।  

युक्रेन युद्धपछि रुसले भारत र चीनलाई सहुलियतमा तेल बेच्न थाल्यो । केही समयमै रुस भारतको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्यो। भारत र चीनले रुसको ७० प्रतिशत तेल खरिद गर्छन्। तर समयसँगै रूसको छुट पनि घट्दै गयो। अब यो छुट भारत र चीनका लागि समस्या बन्न सक्ने देखिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.