शुक्रबार, असार २०,२०८२ 04:35:38
  • शुक्रबार, असार २०,२०८२ 04:35:38
Global IME Bank Limited

रुसबाट सस्तो तेल खरिद गर्ने देशमाथि ५००% ट्यारिफ लगाउने योजनामा ट्रम्प

Hyundai Nepal
रुसबाट सस्तो तेल खरिद गर्ने देशमाथि ५००% ट्यारिफ लगाउने योजनामा ट्रम्प
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाले रुसबाट तेल खरिद गर्ने देशहरुलाई ५०० प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ । यसबारे सिनेटमा नयाँ विधेयक आउन लागेको हो ।

यो विधेयक अनुसार रुसबाट तेल र ग्यास खरिद गर्ने र युक्रेनलाई सहयोग नगर्ने कुनै पनि देशलाई ५०० प्रतिशतसम्म कर लगाउन सकिनेछ । यो विधेयक सिनेटर ग्राहम लिन्डसेले पेश गरेका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited

एक रिपोर्टका अनुसार ट्रम्पको टोलीले ग्राहममार्फत बिल कमजोर बनाउन आग्रह गरेको थियो । ट्रम्प कजबििु शब्दलाई मेु मा परिवर्तन गर्न चाहन्थे। यसबाट कर लगाउनु अनिवार्य होइन, विकल्प बन्नेछ । ग्राहमको बिललाई ८४ जनाले समर्थन गरेका छन् । यो विधेयक ‘जुलाई ब्रेक’ पछि सिनेटमा आउन सक्छ।  

यो योजनाबाट रुसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको भारत र चीन लगायतका देशहरु समस्यामा पर्न सक्ने देखिएको छ । जब रूसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्यो, तेलको व्यापार संसारभर परिवर्तन भयो। रुसी कच्चा तेल सस्तो भएका कारण चीन र भारत लगायतका देशहले रुसबाट तेल खरिद गर्न सुरु गरे ।  

युक्रेन युद्धपछि रुसले भारत र चीनलाई सहुलियतमा तेल बेच्न थाल्यो । केही समयमै रुस भारतको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्यो। भारत र चीनले रुसको ७० प्रतिशत तेल खरिद गर्छन्। तर समयसँगै रूसको छुट पनि घट्दै गयो। अब यो छुट भारत र चीनका लागि समस्या बन्न सक्ने देखिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.