काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयरबजारमा हुने दैनिक कारोबार र कम्पनीबारे रिटल टाइम निगरानी गर्ने भएको छ । बोर्डले आज आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।
धितोपत्र बजारमा हुने दैनिक कारोबार कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको रियल टाइम सर्भिलेन्स गर्ने बोर्डले जनाएको छ ।
यसका साथैनियमित रुपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरिवेक्षण गरी सुपरिवेक्षणका क्रममा कुनै गलत अभ्यास भएको देखिएमा सोको जाँचबुझ गर्ने समेत बोर्डले उल्लेख गरेको छ ।