बिहीबार, भाद्र १२,२०८२ 11:34:13
  • बिहीबार, भाद्र १२,२०८२ 11:34:13
Global IME Bank Limited

यो देशमा पाइन्छ सबैभन्दा सस्तो पेट्रोल, महङ्गो कहाँ ?

Hyundai Nepal
यो देशमा पाइन्छ सबैभन्दा सस्तो पेट्रोल, महङ्गो कहाँ ?
Shivam Cement

काठमाण्डौ । विश्वमा पछिल्लो समय कच्चा तेलको मूल्य निरन्तर बढीरहेको छ । तर विश्वमा केही यस्ता देश छन् जहाँ इन्धनको मूल्य निकै सस्तो पाइन्छ ।  

ग्लोबल पेट्रोल प्राइसेसका अनुसार विश्वमा सबैभन्दा सस्तो पेट्रोल उत्तर अफ्रिकी देश लिबियामा छ। यो देशमा पेट्रोलको मूल्य ०.०२८ डलर अर्थात् करिब २.४५ रुपैयाँ छ । लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ।  

विश्वको भने यो नवौं स्थानमा पर्छ। एक अनुमान अनुसार यो देशमा ४८.३ हजार मिलियन ब्यारेल कच्चा तेलको भण्डार छ । सन् २०११ मा गद्दाफी सरकारको पतनपछि देश राजनीतिक उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। गृहयुद्ध र विभिन्न समूहबीचको आपसी द्वन्द्वका कारण यो देशमा कच्चा तेलको उत्पादन नराम्ररी प्रभावित भएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लिबियापछि सबैभन्दा सस्तो तेल इरानमा छ । यो देशमा एक लिटर पेट्रोलको मूल्य ०.०२९ डलर छ । इरानसँग करिब २०८.६ हजार मिलियन ब्यारेल कच्चा तेलको भण्डार छ, जुन भेनेजुएला र साउदी अरेबियापछि सबैभन्दा बढी हो। भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार छ (३०३.८ हजार मिलियन ब्यारेल)।

यो देशमा एक लिटर पेट्रोलका लागि ०.०२५ डलर खर्च गर्नुपर्ने हुन्छ । तर इरानले जस्तै भेनेजुएलाले पनि पश्चिमी मुलुकको प्रतिबन्धका कारण आफ्नो तेल भण्डारको फाइदा उठाउन सकेको छैन । कुवेत, अल्जेरिया, इजिप्ट, कजाकिस्तान, नाइजेरिया, साउदी अरेबिया र युएई पेट्रोलको मूल्य सबैभन्दा कम भएका देश हुन् । विश्वमा सबैभन्दा बढी कच्चा तेल उत्पादन गर्ने देश अमेरिकामा करिब ४७.१ लाख ब्यारेल तेलको भण्डार छ।

यस्तै विश्वमा सबैभन्दा महङ्गो पेट्रोल हङकङमा रहेको छ । यहाँ प्रतिलिटर पेट्रोलको मूल्य ३.५७८ डलर रहेको छ । यस्तै आइसल्याण्डमा २.४५ डलर, डेनमार्क २.२४३, नेदरल्याण्ड २.२२७, इजरायल २.१३८, स्वीट्जरल्याण्ड २.०९२,नर्वे २.०२७ र आयरल्याण्ड २.००६ डलर रहेको छ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.