काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध भारी ट्यारिफ लगाउन युरोपेली संघलाई दबाब दिएका छन् । डोनाल्ड ट्रम्पले मंगलबार युरोपेली संघका अधिकारीहरूलाई भारत र चीनमा १०० प्रतिशतसम्म कर लगाउन माग गरेका छन्।
समाचार एजेन्सी एएफपीले एक अमेरिकी अधिकारी र ईयू कूटनीतिज्ञलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो। ट्रम्पको यो कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब दिने रणनीतिका रुपमा हेरिएको छ । अमेरिकाले भारतलगायत रुसी तेल खरिद गर्ने देशहरूमा कर बढाउने विचार गरिरहेको तर युरोपेली संघले पनि यस्तै कदम चाल्ने हो भने मात्र कदम चाल्ने बताइएको छ ।