• शुक्रबार, आश्विन ३,२०८२ 05:40:17
Global IME Bank Limited

सेयर बजारमा पनि लागू हुन्छ ‘न्यूटनको तेस्रो नियम’, आगामी बजारको सम्भावना कस्तो ?

Hyundai Nepal
सेयर बजारमा पनि लागू हुन्छ ‘न्यूटनको तेस्रो नियम’, आगामी बजारको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा जम्मा एक दिन मात्रै सेयर कारोबार भयो । जेनजी आन्दोलनको कारण लामो समय बन्द भएको बजार यो साता बिहीबार मात्रै कारोबार भयो । अघिल्लो साता २ हजार ६७२.२५ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५११.९१ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता एक दिनको कारोबारमा बजार १६० अंकले घट्यो । यो साता बजार घट्दा बजार पूँजीकरणमा पनि भारी मात्रामा गिरावट आयो । अघिल्लो साता ४४ खर्ब ६७ अर्ब रहेको बजार पूँजीकरण यो साता ४१ खर्ब ९९ अर्ब रह्यो । यस हिसाबले यो साता बजार पूँजीकरण २ खर्ब ६८ अर्बले घट्यो ।  

प्राविधिक पक्षः  

सपोर्ट एण्ड रेसिस्ट्यान्सको आधारमा  

यो साताको अन्तिम कारोबारमा नेप्सेले ग्याप डाउन ओपनिङ गर्यो । क्याण्डल स्टिकबाट नियाल्दा वियरिस प्रकृतिको क्याण्डल बनेको देखिन्छ । बजारले २६०० को वलियो सपोर्ट विन्दुलाई ब्रेक गरेको बजारले अबको मेजर सपोर्ट विन्दु २४८० आसपास लिन सक्ने देखिन्छ । यसअघि पनि यही विन्दुबाट बजारले सपोर्ट लिएर फर्किएको थियो । यस हिसाबले बजार एउटा मूख्य सपोर्ट विन्दु आसपास रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

न्यूटनको तेस्रो नियमको आधारमा  

न्यूटनको तेस्रो नियम भनेको एक्सन बराबर रियाक्सन हुन्छ भन्ने हो । अर्थात हरेक क्रियाको विपरित प्रतिक्रिया हुन्छ भन्ने हो । संसारमा यहि नियम अनुसार नै ठूला–ठूला आविष्कार भएका छन् । यो नियम विज्ञानको भएता पनि मनोविज्ञानले चल्ने सेयर बजारमा पनि लागू हुन्छ ।  

जसलाई यसअघिको बजारको चक्रबाट हेर्दा पनि प्रष्ट हुन्छ । कोभिड–१९ को बेला १६२६ बाट खसेरे १२ सय विन्दु आसपास आएको बजार पुनः ३२ सयसम्म पुगेको थियो । त्यसैगरि, ३२ सयबाट खसेको बजार २२ सयसम्म आएर पुनः २९ सयसम्म पुगेको देखिन्छ ।  

यस हिसाबले नियाल्दा हाल ३ हजारको विन्दुबाट खसेर २५ सयसम्म आइपुगेको बजार अर्थात यो साता र्यापिड फल भएको बजारमा आगामी साता त्यही गतिमा फेरि माथी लागेमा खासै अनौठो हुने छैन । जुन सम्भावना सेयर बजामा संधै रहन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा हालको बजार तल्लो ब्याण्डमा ब्रेक डाउन गरेको छ । म्याक्डीमा यस अघि नै बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गरेका छन् । आरएसाई भने भने तीन वर्ष पछि पहिलोपटक २० को तहमा पुगेको छ ।  

यदि अब यो तहमा ‘डब्लु’ प्यार्टन बन्छ भने बजारमा इन्ट्रीको रणनीति पनि लगानीकर्ताहरुले लिन सक्नेछन् । यद्यपी विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तिब्र बिक्री दबाब परेको मान्न सकिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा बजार एउटा सपोर्ट जोन नजिक आइपुगेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३०६५

प्रतिरोध २ – २९९४

प्रतिरोध १–  २८७२

पिभट् प्वइन्टः २८०१

घटेमा सपोर्ट 

सपोर्ट १– २६७५

सपोर्ट २– २६०८

सपोर्ट  ३ –२४८५

निष्कर्षः  अघिल्लो २ साताहरुमा घटेको बजारमा यो साता पनि गिरावट आयो । अघिल्लो साताहरुको तुलनामा यो साता भारी गिरावट आयो । प्राविधिक रुपमा हालको बजारलाई नियाल्दा करिब बलियो सपोर्ट जोन २४८५ आसपास आइपु्गेको छ ।  

लगातार घटेको बजारलाई आरएसआई मार्फत नियाल्दा भने ३ वर्ष यताकै न्यून विन्दु २० मा आइपुगेको देखिन्छ । यसअघि नेप्से २०२२ को जुनमा लगातार घटेपछि यहि विन्दुसम्म आइपुगे पछि रिभर्सल लिएको थियो । यस हिसाबले बजारको सपोर्टका विन्दुबाट नियाल्दा र विभिन्न इन्डिकेटरबाट हेर्दा बजारमा करिब बटम लागेको र मेजर सपोर्ट जोन नजिक रहेको देखिन्छ । लगातार घटेको बजारमा आगामी साताबाट सुधारको सम्भावना पनि त्यतिकै रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.