मंगलवार, आश्विन २८,२०८२ 11:53:41
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 11:53:41
IME remit
Global IME Bank Limited

के सेयरबजारमा बुल सकिदैँछ ? प्राविधिक रुपमा अबको बजारको सम्भावना कस्तो ?

Hyundai Nepal
के सेयरबजारमा बुल सकिदैँछ ? प्राविधिक रुपमा अबको बजारको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिनमात्रै सेयर कारोबार भयो । ३ दिनको कारोबारमा बजार २ दिन घट्यो भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २ हजार ६६३.५१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५८२ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता ३ दिनको कारोबारमा बजार ८१.५३ अंकले घट्यो ।  

यो साता ३ दिनको कारोबारमा १५ अर्ब ६६ करोडको सेयर कारोबार भयो । यो साता बजार घट्दा बजार पूँजीकरणमा पनि गिरावट आयो । अघिल्लो साता ४४ खर्ब ५२ अर्ब रहेको बजार पूँजीकरण यो साता घटेर ४३ खर्ब १६ अर्बमा सीमित बन्यो । यस हिसाबले यो साता बजार पूँजीकरणमा १ खर्ब ३६  अर्बको गिरावट आयो ।  

प्राविधिक रुपमा अहिलेको बजारको अबस्था कस्तो ?

सपोर्ट एण्ड रेसिट्यान्सको आधारमा

प्राविधिक रुपमा बजार घट्दा कति सम्म तल आउन सक्छ र बढ्दा कतिसम्म माथी पुग्न सक्छ भनेर विश्लेषण गर्ने मूख्य आधार भनेका अघिल्लोपल्टका सपोर्ट एण्ड रेसिस्ट्यान्सका विन्दु नै हुन् ।  

त्यसैगरि, फिवोनासी एक्सटेन्सन र रिट्रेसमेन्ट तथा पिभट् मार्फत पनि बजारको उतारचढावको विश्लेषण गर्ने गरिन्छ । यी आधारमा हालको बजारलाई प्राविधिक रुपमा नियाल्दा ३ हजारबाट खसेको बजार अहिले मुख्य सपोर्टको विन्दुमा रहेको छ । अर्थात २५८० को विन्दु मूख्य सपोर्टको विन्दु हो ।

Shivam Cement
Bizshala
CG Motors

तर यसको अर्थ बजार यहाँबाट तल जाँदे जान्न भन्न खोजेको भने होइन । प्राविधिक रुपमा यदि बजारले एउटा सपोर्टको विन्दु भत्काएको खण्डमा अर्को नजिकको सपोर्ट खोज्नु नै मूख्य काम हो ।  

त्यसैगरि, बढ्दो गतिमा रहेको बजारमा एउटा प्रतिरोध ब्रेक गरेको खण्डमा अर्को प्रतिरोध खोज्ने पनि हो । जसमा भोल्युम र कारोबारको विश्लेषण पनि मूख्य रहन्छ । जसमा नेपालको हालसम्मको बजारको कारोबार र भोल्युमबाट नियाल्दा २० दिने मुभिङ एभरेज रेखा मूख्य रहन्छ ।  

बजार यो रेखाभन्दा माथी टिकेर कारोबार भएको खण्डमा बजार अप ट्रेन्डमा र यो भन्दा तल गएमा बजार डाउन ट्रेन्ड भएको देखिन्छ । यस हिसाबले हालको बजारको औषत कारोबार करिब ६ अर्ब माथि टिकेर नभएसम्म बजार डाउन ट्रेन्ड नै हो ।  

अहिले घटिरहेको बजारको २४६० देखि २५६० विन्दुसम्मको विन्दु भनेको मूख्य सपोर्टको तह देखिन्छ । यी विन्दुभित्र रहेसम्म बजार बुलभित्रै कै करेक्सन मान्न सकिन्छ । तर यहाँबाट पनि बजार तल जान्छ भने प्राविधिक रुपमा डाउ थउरी र स्मार्ट मनी कन्सेप्ट सबै तिरबाट नियाल्दा केही समयको लागि बुल सकिएको नै निचोड निकाल्न सकिन्छ । यद्यपी बजारको हालको अबस्था त्यस्तो भने होइन ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआईका आधारमा

यसपटक हामीले बजारलाइ्र्र साप्ताहिक र मासिक रुपमा बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआईमार्फत नियाल्ने प्रयास गरेका छौं । साप्ताहिक रुपमा यी इन्डिकेटरबाट नियाल्दा करिब डेढ महिना पहिले मध्य ब्याण्डबाट खसेको बजारले मध्य ब्याण्ड अर्थात २७२० भन्दा माथी जान सकेको अबस्था देखिदैन ।  

अपर ब्याण्ड र लोवर ब्याण्ड केही फराकिलो भएको कारण बजारमा उतारचढाव भएको देखिन्छ । म्याक्डी र आरएसआई दुबैमा वियरिस देखिन्छ । मासिक रुपमा नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट खसेको बजारले हाल मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ ।  

म्याक्डीमा भने बजार करिब वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ बनेको छ । आरएसआई पनि घट्दो क्रममा देखिन्छ । मासिक रुपमा बजारलाई  यी इन्डिकेटरबाट नियाल्दा तत्काल बजारले २५६० आसपासबाट फर्कन आवश्यक देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिममूल्यलाई आधार मानीयसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३०९२

प्रतिरोध २ – २९५४

प्रतिरोध १–  २८०९

पिभट् प्वइन्टः २६४६

घटेमा सपोर्ट 

सपोर्ट १– २५००

सपोर्ट २– २३३७

सपोर्ट  ३ –२१९२

निष्कर्षः दशैपछि खुलेको सेयरबजारमा तीव्र उतारचढाव आयो । २ दिन लगातार १०४ अंकले घटेको बजारमा अन्तिम कारोबारको दिन ४ प्रतिशतको सकारात्मक सर्किट लाग्यो । तर अन्त्यमा बजार २२.५९ अंकले बढेर बन्द भयो । यस हिसाबले यो साताको बजारमा तीव्र उतारचढाव देखियो ।  

खासगरि, पछिल्लोपटक फेरिएको राजनीतिक अवस्थाले सेयर लगानीकर्ताहरुमा अन्यौल देखिन्छ । प्रयाप्त तरलता र तल्लो विन्दुमा ब्याजदर रहेतापनि राजनीतिक अस्थिरता, आन्दोलनको क्षति र त्यसपछिको बाढीपहिरोको क्षतिले बीमा लगाएतका क्षेत्रमा के कति क्षति भयो ? भन्ने विषयमा लगानीकर्ता अन्यौलतामा रहँदा यो सातापनि सेयर बजारमा खासै गति आउन सकेन ।  

यस कारण आगामी दिनमा पनि राजनीतिक निकास तथा क्षतिको यथार्थ विवरण प्रष्ट नभएसम्म सेयर बजारले तत्काल ठूलो फड्को मारिहाल्छ भन्न कठिन देखिन्छ । तर पनि लगानीका अन्य क्षेत्र खुम्चिएका कारण अधिक तरलताको अवस्थामा राष्टबैंकको सहज नीतिका कारण बैंक तथा वित्तीय क्षेत्र र संस्थागत लगानीकर्ताहरुले पूँजीबजारमा लगानी बढाएको खण्डमा बजारले युर्टन मार्न सक्ने सम्भवना पनि त्यतिकै रहन्छ ।  

प्राविधिक रुपमा भने ३ हजारको विन्दुबाट खसेको बजार हाल एउट बलियो सपोर्ट विन्दुमा रहेको देखिन्छ । यस कारण २४६० भन्दा माथी सेयर बजार रहेसम्म हालको करेक्सन बुलभित्रकै करेक्सन हो भन्न सकिन्छ । किनकी अघिल्लो पल्ट ३ हजारबाट खसेको बजारले यहि विन्दुमा सपोर्ट लिएर फर्केको थियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.