काठमाण्डौ । खाद्य वस्तुहरु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी नेस्लेले १६ हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । यसबारे कम्पनीका नवनियुक्त सीईओ फिलिप नाभातिलले बिहिबार जानकारी दिएका हुन् ।
कम्पनीको सञ्चालन प्रभावकारीता बढाउन पहिलो चरणमा तल्लो तहमा १२ हजार र आगामी दुई वर्षभित्र थप ४ हजार कर्मचारीलाई निकालिने उनले बताए ।
कम्पनीका यसअघिका सीईओ लाउरेन्ट फ्रेईक्सीको कार्यकालमा समेत कम्पनीले २.५ बिलियन डलरको खर्च कटौती अभियान घोषणा गरेको थियो । जुन अब बढाएर सन् २०२७ सम्म ३ बिलियन डलरमा पुर्याइने भएको छ ।
कम्पनीको कर्मचारी कटौतीको घोषणासँगे सेयरमूल्यमा उछाल आएको छ । यो खबर प्रकाशित भएसँगै कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ ।