IME remit
  • आईतवार, कार्तिक २,२०८२ 01:34:09
IME remit
Global IME Bank Limited

कम पूँजी, ठूलो नाफा: भारतीय बैंकहरूको सफलता, नेपालका लागि पाठ

Hyundai Nepal
कम पूँजी, ठूलो नाफा: भारतीय बैंकहरूको सफलता, नेपालका लागि पाठ
Shivam Cement

काठमाण्डौ । नेपालमा व्यावसायिक बैंकहरुको चुक्ता पूँजी न्यूनतम ८ अर्ब रुपैयाँदेखि ३५ अर्ब रुपैयाँसम्म पुगेको छ, जसलाई नेपाल राष्ट्र बैंकले बैंकको मजबुतीको मुख्य आधार मानेको छ। तर, वास्तविकतामा चुक्ता पूँजी बढाउँदा मात्र बैंक बलियो नहुने र नाफा तथा लगानीकर्ताको प्रतिफल (आरओई) कम हुने समस्या छ। 

उदाहरणका लागि, नेपाली बैंकहरुको औसत आरओई ७.७३ प्रतिशत मात्र छ र सामूहिक वार्षिक नाफा ७१.६२ अर्ब रुपैयाँ छ, जसमा प्रतिबैंक औसत ३.५८ अर्ब रुपैयाँ पर्छ। यसको विपरीत, भारतका ठूला बैंकहरु जस्तै एचडीएफसी, आईसीआईसीआई र पञ्जाब नेशनल बैंक (पीएनबी) को चुक्ता पूँजी निकै कम (७६५ करोडदेखि २,२९८ करोड भारतीय रुपैयाँसम्म) भए पनि तिमाही नाफा नै ४,९०४ करोडदेखि १८,६४१ करोड भारतीय रुपैयाँ पुग्छ, जसले वार्षिक आरओई १४% देखि २०% सम्म देखाउँछ। यो एंगलले नेपालमा चुक्ता पूँजी बढाउने मात्र नभई परिचालन क्षमता, सम्पत्ति गुणस्तर र अन्य आय स्रोतमा फोकस गर्नुपर्ने आवश्यकता देखाउँछ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

एचडीएफसी बैंक

भारतको सबैभन्दा ठूलो निजी बैंक HDFC Bank ले सेप्टेम्बर त्रैमासमा १०.८% ले नाफा बढाउँदै ₹18,641.3 करोड (झन्डै ३० खर्ब नेपाली रुपैयाँ) कमायो।

बैंकको ब्याज आम्दानी (NII) ४.८% बढेर ₹31,551 करोड पुग्यो भने अन्य आम्दानी (Other Income) २५% उकालो लागेर ₹14,350 करोड पुग्यो।

साथै, सहायक कम्पनी HDB Financial Services को IPO बाट मात्र बैंकले करपूर्व लाभमा झण्डै ₹9,128 करोड कमायो।

बैंकको कुल गैर-कार्यशील ऋण (NPA) १.२४% मा घटेको छ, जसले दक्ष जोखिम व्यवस्थापन र सन्तुलित पोर्टफोलियो देखाउँछ।

आईसीआईसीआई बैंक

भारतको दोस्रो ठूलो निजी बैंक ICICI Bank ले दोस्रो त्रैमासमा ₹12,359 करोड नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ५% बढी हो। बैंकले खराब कर्जा (Bad Loan) का लागि प्रावधान २६% घटाएर केवल ₹914 करोड राख्यो- जसको प्रत्यक्ष लाभ बैंकको नाफामा देखियो।

ब्याज आम्दानी ७.४% बढेर ₹21,529 करोड पुगेको छ र नेट इंटरेस्ट मार्जिन (NIM) ४.३% मा स्थिर रहेको छ। ग्रोस NPA घटेर १.५८% मा झरेको छ — जुन नेपालका अधिकांश बैंकहरूको भन्दा धेरै राम्रो अनुपात हो।

CG Motors
Muktinath Bikas Bank Limited

पीएनबी

सार्वजनिक स्वामित्वको बैंक Punjab National Bank (PNB) ले पनि आश्चर्यजनक नतिजा पेस गरेको छ। बैंकको एकीकृत नाफा १४% ले बढ्दै ₹4,904 करोड पुगेको छ। साथै, बैंकको एसेट क्वालिटीमा उल्लेखनीय सुधार आएको छ-ग्रस NPA घटेर ३.४५% र नेट NPA घटेर ०.३६% मा झरेको छ। बैंकको प्रोभिजन कवरेज रेसियो पनि ९६.९१% पुगेको छ, जुन अत्यन्त बलियो सूचक हो। PNB को कुल विश्वव्यापी कारोबार १०.६% ले बढ्दै ₹27.86 लाख करोड पुगेको छ।

नेपालका लागि सिकाइ

भारतीय बैंकहरूको कम चुक्ता पूँजीमा उच्च नाफा र राम्रो सम्पत्ति गुणस्तरले नेपालका बैंकहरूलाई पूँजी परिचालन, सम्पत्ति व्यवस्थापन र वैकल्पिक आयस्रोतमा जोड दिन प्रेरित गर्छ। नेपालमा चुक्ता पूँजी बढाउँदा मात्र बैंक बलियो नहुने, बरु परिचालन दक्षता र रणनीतिक लगानीमा ध्यान दिनुपर्ने देखिन्छ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.