काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा (एजीएम) शुक्रबार सम्पन्न गरेको छ।
सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहित लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ।
सभाले शेयरधनीहरूका लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार बैंकका शेयरधनीहरूले कूल २० प्रतिशत बराबरको लाभांश पाउने भएका छन्।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
एभरेष्ट बैंक नेपालका प्रमुख निजी क्षेत्रका बैंकहरूमध्ये एक हो, जसले देशभर शाखा सञ्जाल विस्तार गर्दै डिजिटल बैंकिङ सेवामा पनि सक्रियता बढाइरहेको छ।

