काठमाण्डौ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । स्थानिय बजारमा आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ३६ हजार ३ सय कायम भएको थियो ।
आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।