काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट अनुमोदन गरी संस्थाका सेयरधनीहरुलाई वितरण गरिनेछ ।

