काठमाण्डौ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडको डेढ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने भएको छ ।
कम्पनीको सामुहिक लगानी कोष (म्युचुअल फण्ड)अन्तर्गतको १ लाख ५४ हजार ९६९ कित्ता सेयरको लकइन अवधि आमामी वैशाख ११ गते सकिने भएको हो ।
कम्पनीले ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर जारी गरेकोमा ५ प्रतिशत अर्थात १ लाख ५४ हजार ९६९ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको थियो ।
साथै हाल नेपाल धितोपत्र बोर्डको नियमअनुसार म्युचुअल फण्डहरुलाई बाँडफाँड गरिएको सेयर ६ महिनाको लागि लकइन अवधि हुने व्यवस्था छ ।

