आईतवार, जेष्ठ ३,२०८३ 12:09:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:09:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चार प्रदेशका केही जिल्लामा बुधबार हावाहुरीको बितण्डा मच्चिनसक्ने, विपद् प्राधिकरणबाट ७ बुँदे अलर्ट जारी

Laxmi Sunrise Bank Limited
चार प्रदेशका केही जिल्लामा बुधबार हावाहुरीको बितण्डा मच्चिनसक्ने, विपद् प्राधिकरणबाट ७ बुँदे अलर्ट जारी
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका चार प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै प्राधिकरणले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरीको जोखिम उच्च रहेको जनाएको हो। कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ तथा अर्घाखाँची र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र बैतडी आसपासका क्षेत्रमा विशेष प्रभाव पर्ने अनुमान गरिएको छ।

Bizshala
New Office
CG Motors

प्राधिकरणका अनुसार बुधबार साँझ करिब ५:४५ बजेदेखि सुरु भई बिहीबार बिहान ८:४५ बजेसम्म हावाहुरीको प्रभाव रहने सम्भावना छ। यस अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने प्रक्षेपण गरिएको छ।

तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ। त्यसैले प्रभावित क्षेत्रमा बसोबास गर्ने तथा सो अवधिमा यात्रा गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणले नागरिकलाई ७ बुँदे सावधानी अपनाउन आग्रह गर्दै हावाहुरीका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्याल–ढोका मजबुत बनाइ बन्द गर्न, कमजोर संरचना सुरक्षित बनाउन तथा आगलागीजन्य गतिविधिमा सचेत रहन सुझाव दिएको छ। त्यसैगरी, अग्ला र कमजोर संरचना तथा रुखमुनि नबस्न, बिजुलीका तारबाट टाढा रहन, तार लत्रिएको अवस्थामा नछुन र उडेर आएका वस्तुबाट जोगिन पनि आग्रह गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

साथै, मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.