शुक्रबार, श्रावण १,२०८३ 01:54:34
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:54:34
Bizshala
Global IME Bank Limited

जलविद्युत् कम्पनीको नयाँ आईपीओ बजारमा, लगानीकर्ताले के जान्नुपर्छ ?

जलविद्युत् कम्पनीको नयाँ आईपीओ बजारमा, लगानीकर्ताले के जान्नुपर्छ ?
New Office

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६ सय कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो।

यो आईपीओमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १७ गतेसम्म लम्ब्याइने व्यवस्था गरिएको छ।

कम्पनीको जारी पूँजी ८६ करोड रुपैयाँ रहेको छ। सोही पूँजीको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ६० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई यसअघि नै वितरण गरिएको थियो।

बाँकी २० प्रतिशत अर्थात् १७ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएकोमा त्यसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई बाँडफाँट गरिसकिएको छ।

सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये २ प्रतिशत अर्थात् ३४ हजार ४ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १४ लाख २७ हजार ६ सय कित्ता शेयरमा आजदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन तथा इश्युयर रेटिङ ‘CARE-NP BB+’ मा पुनः पुष्टि गरेको छ, जसले मध्यम स्तरको कर्जा तथा दायित्व वहन जोखिमलाई संकेत गर्छ। साथै कम्पनीका अल्पकालीन बैंकिङ सुविधालाई ‘CARE-NP A4+’ रेटिङ प्रदान गरिएको छ।

सन् २०१४ नोभेम्बर १६ मा स्थापना भएको माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सोलुखुम्बु जिल्लामा रहेको १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ। ‘बिल्ड, ओन, अपरेट एन्ड ट्रान्सफर (BOOT)’ मोडलमा विकसित उक्त आयोजना सन् २०२४ जुलाई ३१ देखि व्यावसायिक सञ्चालनमा रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.