बुधबार, असार १०,२०८३ 11:27:00
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:27:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अभियान लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
अभियान लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असार ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले छैटौँ वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असार ३० गते काभ्रेपलाञ्चोकमा रहेको ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त सभामा नियामक निकायको स्वीकृती प्राप्त भएको अवस्थामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृत प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य कुनै ‘घ’ वर्गका वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.