बुधबार, असार १०,२०८३ 06:03:54
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:03:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वीरगञ्ज महानगरले ४.४२ अर्बको बजेट सार्वजनिक, शहरी विकास र सेवा सुधारमा जोड

Laxmi Sunrise Bank Limited
वीरगञ्ज महानगरले ४.४२ अर्बको बजेट सार्वजनिक, शहरी विकास र सेवा सुधारमा जोड

काठमाण्डौ ।  मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४ अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  

२०औँ नगरसभामा शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा आधुनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समग्र शहरी रूपान्तरण लक्ष्यसहित बजेट प्रस्तुत गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

कार्यवाहक मेयर इम्तियाज आलमको तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानूले नीति तथा कार्यक्रमसहित आगामी वर्षको आय–व्यय विवरण नगरसभामा प्रस्तुत गरेका हुन्।  

यो बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ अर्ब १९ करोड रुपैयाँले बढी हो।  

चालू वर्षमा महानगरले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।

बजेटको संरचनाअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५४।३ प्रतिशत हो।  

यस शीर्षकमा प्रशासनिक खर्च, सेवा प्रवाह र नियमित सञ्चालनका गतिविधि समेटिएका छन्।

त्यसैगरी पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ (४४.६ प्रतिशत) छुट्याइएको छ, जसलाई सडक विस्तार, शहरी पूर्वाधार, सरसफाइ व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुधारलगायत विकास निर्माणमा प्रयोग गरिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ (१.१ प्रतिशतं विनियोजन गरिएको छ।

स्रोत व्यवस्थापनमा संघीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।  

आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश सरकारबाट ५ करोड २८ हजार रुपैयाँ तथा प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ स्रोत व्यवस्थापन हुने महानगरले जनाएको छ।

महानगरले आगामी वर्षको बजेटलाई सेवा प्रवाह सुधार, पूर्वाधार विस्तार, रोजगारी सिर्जना, लगानी आकर्षण तथा सुशासन सुदृढीकरणमा केन्द्रित गर्ने नीति लिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.