काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरको बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर रु. १०० दरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्यू प्लाजा, पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।