IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:09:38
IME remit
Global IME Bank Limited

धितोपत्र बोर्ड अध्यक्षको कुर्सी थप रोमाञ्चक बन्दै, सन्तोष नारायण श्रेष्ठका लागि रिट निवेदन आत्मघाति हुनसक्ने

Hyundai Nepal
धितोपत्र बोर्ड अध्यक्षको कुर्सी थप रोमाञ्चक बन्दै, सन्तोष नारायण श्रेष्ठका लागि रिट निवेदन आत्मघाति हुनसक्ने
Shivam Cement

काठमाण्डौ । सर्वोच्च अदालतमा धितोपत्र बोर्डको अध्यक्षका विरुद्ध परेको रिटको पेशी यहि शुक्रबार परेको छ । तर यहि समयमा रातारात एमाले र कांग्रेसको नयाँ गठबन्धन बन्ने र माओबादी सरकार एक महिना एकलौटि चल्ने भएपछि रिट निवेदक सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा हालेको मुद्दा उनको लागि नै आत्मघाति हुने देखिएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण श्रेष्ठले अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध गत असार १७ गते सर्वोच्च अदालतमा  रिट दायर गरेका थिए । उनले प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । जसमा सर्वोच्चले अन्तरिम आदेश दिँदै शुक्रबारको लागि पेशी तोकेको हो । उनको रिटका बारेमा जस्तोसुकै फैसाला आए पनि बदलिदो राजनीतिक समिकरणका कारण उनले हालेको रिट उनकै लागि आत्मघाति हुने देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सन्तोष नारायणले धितोपत्र बोर्डको अध्यक्ष प्रक्रिया रद्द गर्न नमिल्ने र उक्त प्रक्रियालाई अघि बढाउन माग गरेका छन् । यदि अदालतले सरकारले रोकेको प्रक्रिया अघि बढाउन सन्तोष नारायण श्रेष्ठको पक्षमा नै आदेश दिएमा यहि प्रक्रिया अगाडी बढ्ने छ । यसो भएमा पहिले अनुपस्थित भएका ३ जना पुनः व्यबसायिक कार्यपत्रको प्रस्तुति दिन उपस्थित हुन सक्छन् । सरकारले ३ जनाबाट एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्छ । एमालेले सरकार छोडेता पनि महत्वपूर्ण निर्णयबाहेक सरकारले नियुक्ती दिन सक्छ । कानुनि जानकार हरि बहादुर केसीले भन्छन् ‘सरकारले धितोपत्र बोर्डको अध्यक्ष एकपटक नियुक्ती दिएपछि पुनः हटाउन मिल्दैन । जुन सन्तोष नारायणको लागि ठूलो आत्मघाति कदम हुन सक्छ ।  

यस विपरित यदि सन्तोष नारायणको विपक्षमा सर्वोच्चले आदेश दिएर हालसम्मको प्रक्रिया रोकेको खण्डमा सरकरले तूरुन्तै सूचना निकालेर नयाँ अध्यक्षको प्रक्रिया एक महिना भित्र टुङ्गो लगाउन पनि सक्छ । यसकारण धितोपत्र बोर्डको अध्यक्षको कुर्सी दिनदिनै थप रोमाञ्चक हुँदै गएको छ । यहाँ सबै भन्दा  रोमाञ्चक के छ भने यदि सरकारले रिट निवेदक सन्तोष नारायणको पक्षमा फैसला गरेको खण्डमा अहिले एकलौटी सरकार चलाएको माओबादीले सेबोन अध्यक्ष चयन एक सातामै पनि गर्न सक्छ ।  

जुन सरकारका लागि एकदमै सहज र श्रेष्ठका लागि भने आत्मघाति सिद्ध हुनेछ । ‘यो भनेको कसैले मान्छे मार्यो भनेर पुलिस चौकीमा गएको मान्छे नै जेल परे जस्तै हो । शुक्रबारको पेशी लम्ब्यााउने पनि सन्तोष नारयण श्रेष्ठको लागि विकल्प छ तर त्यो लामो समय लम्ब्याउन सक्दैनन् किनकि अन्याय भयो भनेर उनी नै अदालत गएका छन्, ’केसी भन्छन् ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.