सोमबार, श्रावण १८,२०८३ 12:55:56
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:55:56
Bizshala
Global IME Bank Limited

१.५० करोड गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा, कति लाग्ला खर्च ?

१.५० करोड गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा, कति लाग्ला खर्च ?
New Office

काठमाण्डौ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कागजात बिना गैर कानूनी रुपमा बसोबास गरिरहेको आप्रवासी कामदारहरुलाई राष्ट्रिय आपतकाल घोषणा गरेर देश निकाला गर्ने घोषणा गरेका छन् ।  

ट्रम्पले कन्जरभेटिभ समूहका अध्यक्ष टम फिटनले गत नोभेम्बर ८ मा सामाजिक सञ्जाल ट्रुथमा पोष्ट गरेको पोष्टलाई रि–पोष्ट गरेका छन् । टम फिटनले उक्त पोष्टमा बाइडेनको निर्णयलाई उल्टाउन सामूहिक निर्वासन कार्यक्रममार्फत सैन्य बलको प्रयोग गर्ने लेखेका छन् ।  

ट्रम्पले निर्वाचन जितेदेखि नै बाइडेन प्रशासनले अवैधानिक रुपमा बसोबास गरिरहेका आप्रवासी कामदारको पक्षमा गरेको फैसलालाई उल्टाउन सामूहिक निर्वासन कार्यान्वयन गर्ने बताईरहेका छन् । ट्रम्पले आफू यस विषयमा प्रतिवद्ध रहेको पटक–पटक दोहोर्याउदै आएका छन् । तर उनले ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासन कार्यक्रम’भनेर वर्णन गरेका धेरै विषयहरु अस्पष्ट छन् ।  

ट्रम्पले यसका लागि युद्धकालको शक्ति, सैन्य सेना र सहानुभूतिपूर्ण राज्य र स्थानीय नेताहरूमा भर पर्ने बताएका थिए। ट्रम्पको यो विशाल अभियान र यसलाई पूरा गर्न सैन्य कर्मचारीहरूको प्रयोग गर्न कानूनी चुनौतिहरू देखिन सक्ने तथा डेमोक्रेटिक नेताहरुबाट असमर्थन हुने सम्भावना रहेको जनाइएको छ ।  

ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पको निर्णयप्रति बफादार र कट्र समर्थकहरु दोस्रो चरणको आप्रवासी कार्यक्रमलाई लागू गर्न एकजुट भईरहेका छन् ।  

ट्रम्पको पहिलो कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तनका कार्यवाहक निर्देशक टम होमानलाई ट्रम्पले अवैधानिक आप्रवासीहरुलाई फिर्ता पठाउने कार्यको इनचार्ज घोषणा गरेका छन् ।  

अमेरिकी अध्यागमन काउन्सिलले अमेरिकाबाट वार्षिक १० लाख आप्रवासी कामदारलाई निकाला गर्न एक दशकसम्म ९६० बिलियन डलर खर्च हुने अनुमान गरेको छ । ट्रम्पले आफ्ना विभिन्न भाषणहरुमा अमेरिकाबाट करिब १ करोड ५० लाख आप्रवासी कामदार निकाल्ने बताउँदै आएका छन् ।  

पिउ रिसर्चले गरेको विश्लेषण अनुसार सन् २०२२ सम्म अमेरिकामा गैरकानूनी तवरले बसोवास गर्ने आप्रवासीको संख्या १ करोड १० लाख रहेको छ । अवैधानिक आप्रवासीको संख्या सन् २०२४ मा नाटकिए रुपमा घट्नु अघि सन् २०२२ र २०२३ मा यो संख्या उल्लेख्य बढेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.