फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापक,जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।...

