नेपाल इन्स्योरेन्सको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको एनआईएमबि एस क्यापिटलको कार्यालयमा बिहान ११ बजे खोलिने छ । कम्पनीले गत भदौ २७ गतेदेखि असोज ८ गतेसम्म १ लाख ९७ हजार ४२.७६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।

