१३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक अंकले ३.४४ घटेर २६२०.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसमूहमध्ये आज जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३७ प्रतिशतले बढेको छ ।

