नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कस्तो देखियो ‘मनी फ्लोमा’ ?
काठमाण्डौ । आज बजार करिब ३५ अंकले बढेर बन्द भयो । आजको कारोबारमा दिनभर नै बजार बढेर बन्द भयो भने अन्तिम प्रहरमा बजारमा खरिद दबाब पर्दा कारोबार र सूचक दुबै बढ्यो । प्राविधिक रुपमा आजको बजारलाई डेलीबेसमा नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको देखिन्छ । यदि तल माथि धागो बिनाको मोडुलो हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुजु क्याण्डल भनिन्छ । यसले सम्भावित रुपमा बजारले...

