दुई बीमा कम्पनीको लाभांश र एक जलविद्युतको हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा बीमा कम्पनीको लाभांश र एउटा जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सको लाभांश र दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीहरुले लाभांश वितरण तथा हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १५ गते...

