अमेरिकी ट्यारिफको प्रभाव गहिरिदै, एशियाली सेयर बजारमा भारी गिरावट
काठमाण्डौ । अमेरिकी सरकारले लागू गरेको ट्यारिफ नीतिको प्रभाव जारी रहेको छ । अप्रिल ५ गतेबाट लागू भएको ट्यारिफका कारण एशियाली सेयर बजारले भारी गिरावटको सामना गर्नुपरेको छ । आईतबार जापानको सेयर बजार मापक निक्की२२५ इन्डेक्स कारोबारको थालनीसँगै ८ प्रतिशतले घटेको थियो । यससँगै निक्की२२५ इन्डेक्स सन् २०२४ अगस्ट पछि पहिलोपटक ३३ हजार विन्दु तल झरेको छ । यस्तै टोपिक्स इन्डेक्स...

