सिवाईसी नेपाल लघुवित्तको नाफा घट्यो, खराब कर्जा अनुपात बढ्यो
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा १३.६१ प्रतिशतले घटेको हो। अघिल्लो आवमा संस्थाले ४ करोड ३१ लाख रुपैयाँको नाफा कमाएको थियो।संस्थाको खुद ब्याज आम्दानी यस अवधिमा २० करोड २८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको तुलनामा १६.५४ प्रतिशत बढी...

