घोराही सिमेन्ट १५.८६ करोड घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । आम्दानी बढेसँगै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ...

