अल टाइम हाई पुगेको पाकिस्तान स्टक एक्सचेञ्जमा आगलागी, घटनापश्चात पनि बढ्यो बजार
काठमाण्डौ । पाकिस्तान स्टक एक्सचेञ्ज(पीएसएक्स)मा आगलागी भएको छ । कराँचीमा रहेको पीएसएक्सको भवनको चौथो तल्लामा सोमबार ठूलो आगलागी भएको हो । उक्त आगलागीपश्चात सेयर कारोबार अल्पकालका लागि स्थगित गरिएको छ । उक्त भवनमा रहेका सबै ट्रेडरहरुलाई सुरक्षित रुपमा उद्धार गरिएको र हालसम्म हताहतको कुनै पनि घटना नघटेको पाकिस्तानका स्थानिय मिडियाले जनाएका छन् । पाकिस्तान स्कट...

