दोहोरो अंकले ओरालो लाग्यो नेप्से,जानकार भन्छन्,‘अफवाहको पछि लाग्दा घट्यो सेयर बजार’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २ हजार ३४.८२ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड...