एनआईसी एशिया बैंकले राख्यो सीआईटीको संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी चैत १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५३ रुपैयाँ निर्धारण गरिएको छ ।

