प्राइम कमर्सियल बैंकले रु.३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्रि प्रबन्धक तथा डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटल
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम रु.१ अर्ब ८० करोड...

