सर्वोत्तमको सेयरमूल्यमा पाँचौ दिन पनि सर्किट, आईपीओ परेका मालामाल
काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको पाँचौ दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ । सर्वोत्तमको सेयर मूल्यमा पाँचौ कारोबार दिन सोमबार पनि १० प्रतिशत हाराहारीमा मूल्य बढी अपर सर्किट लागेको हो । आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ८१.३० रुपैयाँले बढेर ८९५.१० रुपैयाँको उचाईमा पुगेको हो ।

