साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल,खुद नाफा प्रतिसेयर पनि वृद्धि
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार ८२७ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ९०.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।

