गरिमा विकास बैंकको ४९.२८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ९.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । आज बैंकको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ९.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । आज बैंकको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८८.९७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी खुद नाफा १२ करोड ४ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले ४.७१ प्रतिशतले घाटा घटाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ९२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ७.१६ प्रतिशतले धेरै हो ।
काठमाण्डौ । अपर हेवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुग्दा अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ८ करोड ६८ लाख रुपैयाँबराबरको घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ४ करोड ६३ लाख रुपैयाँ नाफामा थियो ।
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको मुनाफामा ३६.२५ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड ३६ लाख रुपैयाँमा सीमित थियो । कम्पनीको खुद आम्दानी भने ६.१३ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६ करोड ८४ लाख रुपैयाँ खुद आम्दानी...
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जु गत आवको सोहि अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद आम्दानी पनि १४.३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनी ७१ करोड ४२ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ ।...
काठमाण्डौ । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा अन्तिम मिनेटमा सेयरको भाउ तलमाथि गर्ने खेल खुलेआम चल्न थालेको छ । यसअघि पनि एउटा ब्रोकरबाट नेपाल टेलिकमको सेयरमा पोजेटिभ सर्किट लगाएर अन्तिम मिनेटमा १५ अंक सम्मले बजार बढाइएको थियो । टीएमएसमा नै करोडौ कित्ता खरिद अर्डर देखिने त कहिले टीएमएसले नै काम नगर्ने समस्या बारम्बार आउन थालेको छ । प्राय दिनभर नियमित कारोबार भएको बजारमा...
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिसमिटेड आफ्ना सेयरधनीहरुलाई आगामी फागुन १७ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८३ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्नेछ।
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ९९.७२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३० करोड १७ लाख रुपैयाँ थियो । कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १५४.६५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको खुद बीमाशुल्क...
काठमाण्डौ । आजको बजारमा कारोबारको सुरुवाति एक घण्टा बजार बढेको थियो । आज बजार बढेर २ हजार १०९ बिन्दुसम्म पुगेको बजार करिव १० अंकले घटेर अन्त्यमा २ हजार ८५ को बिन्दुमा बन्द भयो । प्राविधिक रुपमा डेलीबेसमा आजको बजारलाई हेर्दा बोलिङगरको मध्य ब्यान्डमा प्रतिरोध सामाना गरेको देखिन्छ । बोलिङगर ब्यान्डमा नै आवरली बेसमा हेर्दा अपर ब्यान्डमा छोएर मध्य ब्यान्ड अर्थात २ हजार...
काठमाण्डौ । सधैको साता झै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै पुतलीसडकमा रहेको केही ब्रोकर हाउसमा पुगेका थियौ । सर्वप्रथम हामी श्वेता सेक्युरिटिज स्टक ब्रोकर नम्बर २५ मा पुग्यौं । ब्रोकर हाउसमा फोनको घण्टी बजिरेहेको थियो । लगानीकर्ताहरुको उपस्थिति...
काठमाण्डौ । प्रदेश ५ सेयर लगानीकर्ता फोरमले लुम्बिनी प्रदेशमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । फोरमले आज आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ गाउँ,बुटवलमा अवस्थित लुम्बीनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा गएर खाद्य सामाग्री तथा लत्ताकपडा सहयोग गरेको हो।लुम्बिनी प्रदेशमा सेयर लगानीकर्ता फोरमले सेयर बजार विकास र विस्तारको लागि काम गर्दै आएकोमा वार्षिक उत्सवको...
काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आम्दानी बढ्दा नाफामा वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २३.५५ प्रतिशतले धेरै हो । गत आवको पुस ममानसन्तसम्म कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी फागुन २७ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४ लाख ३४ हजार ९०६ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको करेक्सन भएको छ । आज नेप्से परिसूचक १०.५० अंक अर्थात ०.५० प्रतिशतले घटेर २ हजार ८२.८२ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड ५लाख ७१ हजार १९९ कित्ता सेयर ४...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ब्याज आम्दानी र खराब कर्जा बढ्दा नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४८.९९ प्रतिशतले कम हो । संस्थाले समीक्षा अवधिसम्म ८ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १५.३५ प्रतिशतले...
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले मुनाफा आर्जनमा राम्रो सुधार गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तु्लनामा १८१.०१ प्रतिशत धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीको खुद नाफा ६१ लाख ३० हजार रुपैयाँ मात्रै थियो ।
काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो ।सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको माघ २७ गते बसेको सञ्चाल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.